Abuda Khatun -Alia

Stories

Abuda Khatun -Alia

आलिया खातुनको जन्म २०५३ साउन १८ गते शुद्धोधन ७ मटेरीयामा एक सामान्य परिवारमा भएको थियो । उनकी एक दिदी र दुई भाई थिए । घरको आर्थिक स्थिति निकै कमजोर थियो । सम्पतिको नाउँमा केहि खेत र सानो किराना पसल थियो । पछि त्यही पनि आगो लागेर जल्यो । घरमा आमा बाबालाई घर चलाउन निकै कठिन भयो । दुई जना छोरी र एउटा छोरा कसरी पढाउनेकसरी बिवाह गरीदीनेदाईजो कसरी दिने भन्ने चिन्ताले दिन दिनै पोल्थ्यो ।

आफ्नो आर्थिक अवस्था कमजोर भएकाले आलियालाई पढ्नको लागी भनि ईन्डिया अंकल आन्टीकोमा पठाउनु भयो । पाँच(वर्ष ईन्डियामा पढेर आलिया नेपाल फर्किन । शुद्धोधन मटेरीयाकै स्कुलमा र्भना भएर पढाइलाई निरन्तरता दिन थालिन । उनि पढाइमा राम्रै थिइन् । जब उनि नौं(कक्षामा पुगीन अचानक घरमा उनको बिवाहको कुरा चल्यो । उनको अनुमति बिनानै बाबा आमाको दबाबमा परेर १६ वर्षको उमेरमा उनको बिवाह भयो । उनका सबै सपनाहरु अधुरा भए । उनको बिहेमा केटा पक्षले मागे अनुरुप पचास हजार (५००००नगद रकम र केहि सामान उनका बाबु आमाले दिएका थिए । चलन चल्ति अनुसार उनि बिहे भएको घरमा १८ दिन बसेर आफ्ना बाबु आमाको घरमा फर्किन । माईतीमा २ महिना बसेपछि उनका श्रीमान लिन आएउनि उसै संग फर्किन । उनि भन्छिन –“जब उनि घरमा गईन उनी माथी दुर्व्यवहार सुरु भयो । दाईजो थोरै ल्याएको भनेर श्रीमानले कुटपीट गर्नेसासु र जेठानीले गालि गर्ने गरेका थिए उनलाई । उनको श्रीमानले आफुलाई उनि मन नपरेको तर आमाले जबरजस्ती गरेकाले बिहे गरेको कुरा बताएका थिए । यहि झोकमा उसले पटक पटक पिटेका थियोअसभ्य शब्दहरुले गाली गरेको थियोकेही बोलेमा मुख लागीस भनेर अझ बडि हिंसा गर्थ्यो ।”

आखाँ डिलमा आँसु रोकेरअबरुद्ध स्वरमा उनि अझै थप्छिन -“जिवनमा नसोचेको कष्ट सहनुपर्यो मैले । मलाई पढ्ने मन थियोत्यो पुरा भएनबाबु आमाले बिहे गरिदिनु भयोमेरो पटक्कै मन थिएन तर सबैले एक दिन गर्नै पर्ने हो भनेर मन बुझाए । बिहे गरे । सोचे सबै ठिकै होलालोग्नेको माया पाइएला र लाउने खाने रहर पनि केहि पुरा होला….। तर सोचे जस्तो केहि भएन । श्रीमान श्रीमती एउटै घरमा भए पनि सुत्ने कोठा भने अलग थिए । उ म संग कहिल्लै मिठो बोलेनअरु रहरको त के कुरा गर्नु । उसले गाली गर्दा –“म अर्कि बिहे गर्छु भन्थ्यो ।” झन दिन प्रति दिन म माथी हिंसा मात्रै भयो ।”

आलियालाई दिन काट्न पनि सारै गाह्रो भयो केहि समय पछि उनि माईतीमा आएर बसीन । उनि माईतीमा आएको केहिदीनमानै श्रीमानले साँच्चिकै अर्को बिवाह गरेर ईन्डिया गएछ । उनले ईन्डिया प्रहरीमा निवेदन दिइन र पछि प्रहरीको सहयोगमा उसलाई नेपाल झिकाईन । उनको बिवाह दर्ता भएको थिएन । यो मौकामा उनले नागरीकता र बिवाह दर्ताको लागि प्रस्ताव राखीन तर कसैले उनको कुरा सुनेन । दोस्रो पटकमा उनले निवेदन दिईन र नागरीकता बनाइन् र बिवाह दर्ता गरीन ।

उनको श्रीमान फेरी ईन्डिया गयो । दुई बर्ष कुरेर बित्योउनलाई लाग्थ्यो कि उसको मन बदलिन्छ र उ फर्किन्छ । तर उ आएन । उता उसले अर्कि श्रीमती बनाएको र बच्चा पनि भैसकेको खबर आयो । यो खबरले उनलाई केहि दिन विक्षिप्त बनायोभन्छिन उनि । त्यसपछि बाबु आमाकै सहयोगमा आलियाले सम्बन्ध विच्छेदको लागी पहल गरिन । त्यसो गर्दा भैरहवा जिल्ला अदालतबाट उनको हितमा चित्त बुझ्दो फैसला भएन । तर उनि हार मानिनन्उनले पुनरावेदन अदालतबुटवलमा उजुरी हालिन । मुद्दा लड्दा लड्दा हालै २०७६ असार २९ गते बल्ल उनको पक्षमा फैसला भएको थियो । अहिले मुद्दा जितेर ३ कठ्ठा ४ धुर जग्गा सहित सम्बन्ध बिच्छेद गरेर उनि आफ्ना बाबु आमा संगै बस्दै आएकी छन् ।

नेपाल भौगोलिक तथा स्वास्थ्य सर्वेक्षणले २० देखि २४ बर्ष उमेर समुहमा गरेको अध्ययन अनुसार सन् २०१६ को रिपोर्टमा नेपालमा मात्रै १८ बर्ष भन्दा पहिल्लै बिहे हुनेहरु ४१छन् । यि मध्य आलिया एउटा प्रतिनिधि पात्र हुन जसले बालबिवाह र माहिला हिंसा जस्ता अवान्छित घटना बेहिर्नु पर्यो ।

आलियामा साहसको कमी त थिएन तापनि जिवनको नयाँ मोड कसरी बनाउने भन्ने दुविधा थियो । यत्तिकैमा उनको गाउँमा सिर्जनशील संस्था नेपालले किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत किशोरी क्लब र सशक्तिकरण क्लिनिकको (किशोरी क्लब सशक्तिकरण क्लिनिक गर्ल्स फर्स्ट फण्ड को आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम होनिर्माण गरेको थियो । उनि यसमा आबद्ध भइन् । उनि हाल सक्रिय रुपमा किशोरी क्लिनिकका हरेक कार्यक्रममा उपस्थित छिन । विशेष गरि बालविवाह विरुद्ध सडक नाटकमा उनि आफै एउटा पात्रको रुपमा उभिएर सशक्त प्रस्तुति गरिरहेकि छिन् । उनि भन्छिन –“यो कार्यक्रमले नेत्तृत्व विकासमा सहयोग गरेको छ ।” उनलाई यस संस्थाले आत्मनिर्भर बन्नको लागी आर्थिक सहयोग पनि गरेको थियो । उनि सिलाई कटाईको तालिम लिएर यो सिपकै प्रशिक्षक बन्ने योजनामा अगाडि बढेकी छिन् । उनि पहिलेएक महिला हिंसा र बालबिवाह पिडित महिला थिइन भने अब आत्मनिर्भर हुनुका साथै बलियो आत्मबल लिएर बाल बिवाहको विरोधमा बोल्न सक्ने भएकि छिन ।

Never Miss News